बाढीले सेल्टरमा आश्रय लिन बाध्य बालबालिकालाई मेरो किसानले बट्टारमा बनाइदियो खेल्ने ठाउँ



बिजमाण्डू
२०८३ भदौ १९ गते १७:१२ | Sep 4, 2026
बाढीले सेल्टरमा आश्रय लिन बाध्य बालबालिकालाई मेरो किसानले बट्टारमा बनाइदियो खेल्ने ठाउँ


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण घरबारबिहीन भइ सेल्टरमा बास लिनुपर्ने अवस्थामा पुगेका बालबालिकालाई मेरो किसानले सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले नुवाकोटको बट्टार सेल्टरमा बालबालिकाहरुका लागि खेल्ने ठाउँ बनाएर सहयोग गरेको हो। कम्पनीले बालबालिकाहरुका लागि खेल्ने सामग्री पनि उपलब्ध गराएको छ।

बाढीले घर बगाउनुका साथै विद्यालय पनि क्षतविक्षत पारेका कारण बालबालिकालाई समय बिताउन सहज होस् भनेर खेल्ने ठाउँ बनाइदिएको कम्पनीका प्रबन्ध निर्देशक अविनाश सिलवालले बताए।