काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण घरबारबिहीन भइ सेल्टरमा बास लिनुपर्ने अवस्थामा पुगेका बालबालिकालाई मेरो किसानले सहयोग गरेको छ।
कम्पनीले नुवाकोटको बट्टार सेल्टरमा बालबालिकाहरुका लागि खेल्ने ठाउँ बनाएर सहयोग गरेको हो। कम्पनीले बालबालिकाहरुका लागि खेल्ने सामग्री पनि उपलब्ध गराएको छ।

बाढीले घर बगाउनुका साथै विद्यालय पनि क्षतविक्षत पारेका कारण बालबालिकालाई समय बिताउन सहज होस् भनेर खेल्ने ठाउँ बनाइदिएको कम्पनीका प्रबन्ध निर्देशक अविनाश सिलवालले बताए।
