काठमाडौं। उद्योगीहरुले काठमाडौं उपत्यकामा बिक्री वितरण गर्न बिहीबार २४ हजार ५०० सिलिण्डर एलपी ग्यास भित्र्याएका छन्।
तराईका विभिन्न उद्योगमा गरेर त्रिभुवन राजपथको बाटोबाट २४ हजार ५०० सिलिण्डर भित्र्याइएको नेपाल आयल निगमले जनाएको छ।
कृष्णभीरको सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द भएका कारण एलपी ग्यास बोकेका बुलेट ल्याउन नसकिएपछि तराईका जिल्लामा भरेर ल्याउनुपर्ने बाध्यता आइलागेको हो।
निगमले शुक्रबारदेखि उपत्यकामा थप परिमाणमा ग्यास भित्रिने बताएको छ।










