त्रिशुली ३ ए बाट पहिलो उद्धार सफल, सुरुङ भित्रबाट सञ्जय साह लाई निकालियो



बिजमाण्डू
२०८३ भदौ १९ गते ०९:०८ | Sep 4, 2026
त्रिशुली ३ ए बाट पहिलो उद्धार सफल,  सुरुङ भित्रबाट सञ्जय साह लाई निकालियो


काठमाडौं । बाढीग्रस्त त्रिशुली ३ ए जलविद्यतु आयोजनाको सुरुङ भित्रबाट एकजनाको सकुशल उद्धार गरिएको छ।

Vigo
GBIME
Tata

सुरुङबाट सञ्जय साहको जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अन्य व्यक्तिहरु पनि रहेको भन्दै उद्धार टोलीले उनीहरुलाई पनि निकाल्न काम गरिरहेको छ।

आज बिहान सुरुङ भित्रबाट आवाज सुनिएपछि भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशुली ३ ए जलविद्युत आयोजनामा थुनिएका कर्मचारीहरुको उद्धार हुने आश जागेको हो।

प्रविधिकहरुको सहयोगमा नेपाली सेनाले सो आयोजनामा उद्धारकार्य गरिरहेको छ। त्यसै क्रममा सुरुङ भित्र गएर सेनाले ‘नआत्तिनुहोस, हामी उद्धार गर्दैछौं’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको सेनाले पुष्टि गरेको छ।

बाढीपछि यस आयोजनाका ४२ जना सम्पर्कविहिन छन्। बाढी आएको १० दिन भएको छ। उनले बाहिर आएपछि सुरुङभित्र फसेका अरु पनि सकुशल रहेको बताए।