अण्डाको मूल्य हालसम्मकै उच्च : एक्सएल अण्डा प्रति क्रेट ६०५ पुग्यो, अन्यको कति छ?



बिजमाण्डू
२०८३ भदौ १९ गते १३:०३ | Sep 4, 2026
अण्डाको मूल्य हालसम्मकै उच्च : एक्सएल अण्डा प्रति क्रेट ६०५ पुग्यो, अन्यको कति छ?


काठमाडौं। उत्पादनमा कमी आउँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार लागू हुने गरी क्रेटमा १५ रुपैयाँ बढाएर अण्डाको नयाँ मूल्य तोकेको हो।

Vigo
GBIME
Tata

संघका अनुसार हाल सानो अण्डाको मूल्य बाहेक सबैको भाउ महँगिएको छ।

एक्सएल अण्डा प्रति क्रेट ६०५ रुपैयाँ पुगेको छ। ठूलो अण्डा प्रति क्रेट ५९० रुपैयाँ र मिडियम प्रति क्रेट ५५० रुपैयाँ भएको छ।

सानो अण्डा प्रति क्रेट ४५८ रुपैयाँ छ। यो फार्म समर्थित मूल्य हो भने उपभोक्ता मूल्य प्रति गोटा २५ रुपैयाँ छ।

यसअघि एक्स एल अण्डा प्रति क्रेट ५९० रुपैयाँ थियो। ठूलो अण्डा ५७५ रुपैयाँ, मिडियम अण्डा ५३५ र सानो अण्डा क्रेटको ४५८ रुपैयाँ थियो।