बाढी प्रभावितको राहतका लागि प्रभु बैंकको साथ, सरकारलाई दियो २ करोड ११ लाख रुपैयाँ



बिजमाण्डू
२०८३ भदौ १७ गते ११:०४ | Sep 2, 2026
बाढी प्रभावितको राहतका लागि प्रभु बैंकको साथ, सरकारलाई दियो २ करोड ११ लाख रुपैयाँ


काठमाडौं। प्रभु बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारलाई २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएको छ।

Vigo
GBIME
Tata

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हो। विपद्‍को घडीमा पीडित परिवारको सहयोगका लागि कोषमा रकम जम्मा गरेको बैंकले जनाएको छ।

सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरणका क्रममा बैंकका अध्यक्ष किशोरजंग कार्की, संचालक राजु पौडेल र डा. अम्बिका शर्मा लामिछाने पनि उपस्थित थिए।