काठमाडौं। भोटेकोशी बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेलिज नेपाल क्यासिनोले ६१ लाख रुपैयाँ सहयोग गरेको छ।
मल्ल होटलमा रहेको क्यासिनोका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले सोमबार पर्यटनमन्त्री खड्कप्रसाद पौडेललाई सो रकमको चेक हस्तान्तरण गरे।
उनले देशलाई संकटमा परेका बेला सहयोग गर्नुपर्ने कर्तब्य भएको बताउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दिएको बताए। यस्तै झापामा रहेको मेची क्राउन होटलले पनि कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।

होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटनमन्त्री पौडेललाई २६ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। ‘हामीले कमाउने मात्रै होइन राज्यलाई परेको बेलामा सहयोग पनि गर्नुपर्छ। अहिले हाम्रो देश ठूलो संकटमा परेकोले केही सहयोग गर्नु दायित्वनै हो,’ सापकोटाले भने।









