बाढीपीडितलाई दक्षिणकाली इन्भेष्टमेन्टको १० लाख, सेयर बिक्री गरेको रकम तुरुन्तै भुक्तानी



बिजमाण्डू
२०८३ भदौ १५ गते १५:२० | Aug 31, 2026
बाढीपीडितलाई दक्षिणकाली इन्भेष्टमेन्टको १० लाख, सेयर बिक्री गरेको रकम तुरुन्तै भुक्तानी


काठमाडौं। दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३३)ले बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि आर्थिक सहयोग गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको छ।

दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले बाढी प्रभावित क्षेत्रका लगानीकर्ता‍ले आफ्नो कम्पनीमार्फत सेयर बिकी गरेको अवस्थामा सेटलमेन्ट साइकल कुर्नु नपर्ने गरी तुरुन्त रकम भुक्तानी गर्ने व्यवस्था गरेको बताएको छ।

सेक्युरिटिजले वार्षिकोत्सवका अवसरमा लगानीकर्ता साक्षरताका कार्यक्रम गरेको छ।

कार्यक्रममा पुँजी बजारमा विद्यमान अवसर, चुनौती लगायत धितोपत्रको आधारभूत विश्लेषण, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण विश्लेषण तथा पोर्टफोलियो विविधीकरण कसरी गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले १० वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरेको छ।

कम्पनीले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।