सुनको मूल्य दुई दिनमा प्रति तोला करिब १२ हजार सस्तियो, कतिमा भइरहेको छ किनबेच?



बिजमाण्डू
२०८३ भदौ १५ गते १२:०३ | Aug 31, 2026
सुनको मूल्य दुई दिनमा प्रति तोला करिब १२ हजार सस्तियो, कतिमा भइरहेको छ किनबेच?


काठमाडौं। सुनको मूल्य लगातार ओरालो लागेको छ। सुनको मूल्य सोमबार तोलामा २ हजार ४०० रुपैयाँ घटेको छ।

Vigo
GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ६ हजार ६०० रुपैयाँ निर्धारण गरेको छ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँका दरले कारोबार भएको थियो।

चाँदीको मूल्य भनेर स्थिर छ। आइतबार चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेर ४ हजार ७८० रुपैयाँका दरले कारोबार भएको थियो।