राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३ महिनाका लागि २० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव



बिजमाण्डू
२०८३ भदौ १५ गते १०:१० | Aug 31, 2026
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३ महिनाका लागि २० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव


काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २० अर्ब रुपैयाँ उठाउन लागेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत ३ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ।

सोमबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर ९ गते भुक्तानी गर्नेछ।

राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ५ खर्ब ६७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।