काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली-थ्री हाइड्रो पावरको टनेलमा फसेकाहरुको उद्धारको प्रयास नेपाली सेनाले जारी राखेको छ।
भदौ १२ गतेदेखि अस्थायी रूपमा विशेषज्ञसहितको संयुक्त टोलीले थ्री-ए’को क्राउन हेड फेला पारी टनेलभित्र पानी भरिएको फेला पारेको र कम्प्रेसरबाट अक्सिजन पठाइ पम्पबाट पानी बाहिर फाल्ने तयारी भएको सेनाले जनाएको छ। यस्तै थ्री-बीको टनेलमा आवश्यक कार्य भइरहेको जनाइएको छ।
यस्तै चिलिमे हाइड्रोको टनेलमा खटिएको टोली करिब १०० मिटरभित्र पुगे पनि सोपछि टनेल पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।









