BIZMANDU
www.bizmandu.com

त्रिशुलीको टनेलमा फसेकाहरुको उद्धार प्रयास जारी, चिलिमेको सुरुङ १०० मिटरपछि टालिएको भेटियो

२०८३ भदौ १४

त्रिशुलीको टनेलमा फसेकाहरुको उद्धार प्रयास जारी, चिलिमेको सुरुङ १०० मिटरपछि टालिएको भेटियो
त्रिशुलीको टनेलमा फसेकाहरुको उद्धार प्रयास जारी, चिलिमेको सुरुङ १०० मिटरपछि टालिएको भेटियो

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशुली-थ्री हाइड्रो पावरको टनेलमा फसेकाहरुको उद्धारको प्रयास नेपाली सेनाले जारी राखेको छ।

Vigo
GBIME
Tata

भदौ १२ गतेदेखि अस्थायी रूपमा विशेषज्ञसहितको संयुक्त टोलीले थ्री-ए’को क्राउन हेड फेला पारी टनेलभित्र पानी भरिएको फेला पारेको र कम्प्रेसरबाट अक्सिजन पठाइ पम्पबाट पानी बाहिर फाल्ने तयारी भएको सेनाले जनाएको छ। यस्तै थ्री-बीको टनेलमा आवश्यक कार्य भइरहेको जनाइएको छ।

यस्तै चिलिमे हाइड्रोको टनेलमा खटिएको टोली करिब १०० मिटरभित्र पुगे पनि सोपछि टनेल पूर्ण रूपमा टालिएको अवस्थामा फेला परेको सेनाले जनाएको छ।