सानिमा बैंकले बाढी प्रभावितको राहतका लागि २ करोड २५ लाख सहयोग गर्ने



बिजमाण्डू
२०८३ भदौ १२ गते ०९:५८ | Aug 28, 2026
सानिमा बैंकले बाढी प्रभावितको राहतका लागि २ करोड २५ लाख सहयोग गर्ने


काठमाडौं। सानिमा बैंकले रसुवा बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।

Vigo
GBIME
Tata

सहयोगको घोषणा गर्दै बैंकले शोकमा रहेका परिवारमा समवेदना प्रकट गरेको छ।

कोषमा विभिन्न संस्थाहरूबाट सहयोगको क्रम जारी छ। बैंक, वित्तीय संस्था, कर्पोरेट कम्पनीहरूले बिहीबारदेखि रकम सहयोग गरिरहेका छन्।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनका लागि आर्थिक सहयोग गरेको हो।