काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले बाढी प्रभावितहरुका लागि २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो।
सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिव महेश आचार्यले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत विनय नाथ न्यौपाने, जोखिम तथा अनुपालना अधिकृत सुर्वण कुमार सिंह लगायत सहभागी थिए।











