एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने, बोनस सेयर कति?



बिजमाण्डू
२०८३ भदौ ११ गते १६:३८ | Aug 27, 2026
एभरेष्ट बैंकको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने, बोनस सेयर कति?


काठमाडौं। एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक संचालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ६२ करोड १३ लाख ७५ हजार रुपैयाँ छ।

गत वर्ष बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो।