विदेशबाट सहयोग गर्न चाहनेहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने



बिजमाण्डू
२०८३ भदौ ११ गते १४:४७ | Aug 27, 2026
विदेशबाट सहयोग गर्न चाहनेहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने


काठमाडौं। विदेशमा रहेका नेपाली तथा नेपाललाई सहयोग गर्न चाहनेहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।

Vigo
GBIME
Tata

आइएमईले विदेशबाट नेपालमा सहयोग रकम पठाउन यस्तो सुविधा ल्याएको हो। यसअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खातामा सिधै रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

विदेशबाट पठाइने सहयोग रकम सहज र सरल रूपमा नेपालमा प्राप्त होस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको आइएमईले बताएको छ।

नेपालभित्रबाट पनि सरकारका राहत कोषमा निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि ‘खल्ती बाइ आइएमई’ प्रयोग गर्न सकिनेछ।

आइएमईले विपद्को यस कठिन समयमा सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गरेको छ। प्रभावित परिवारको दुःखमा साथ दिन र राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्न कम्पनीले अपिल गरेको छ।

भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति आइएमई ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ।

बाढीबाट प्रभावित परिवारप्रति कम्पनीले सहानुभूति र ऐक्यबद्धता जनाएको छ। विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति पनि आइएमईले कृतज्ञता व्यक्त गरेको छ।