अर्थ मन्त्रालयले विपद् व्यवस्थापन गर्न छुट्यायो २० अर्ब, विश्व बैंकको डेढ अर्ब तत्काल आउने



बिजमाण्डू
२०८३ भदौ ११ गते ११:३६ | Aug 27, 2026
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन गर्न छुट्यायो २० अर्ब, विश्व बैंकको डेढ अर्ब तत्काल आउने


काठमाडौं। अर्थ मन्त्रालयले विपद् व्यवस्थापन गर्न तत्कालका लागि २० अर्ब रुपैयाँ छुट्याएको छ।

Vigo
GBIME
Tata

अर्थ मन्त्रालयले तत्काल परिचालन गर्न सकिने गरी २० अर्ब रुपैयाँ बजेट छुट्याएको हो। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत खर्च गरिनेछ।

मन्त्रालयले विश्व बैंकले दिने भनेको २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया पनि अघि बढाएको छ। यसमध्ये डेढ अर्ब तत्कालै प्राप्त हुने मन्त्रालयले बताएको छ।