काठमाडौं। रसुवाको भोटेकोशी बाढीका कारण बेपत्ताको खोजीमा सुरक्षाकर्मी निरन्तर छन्। बुधबार बिहानको बाढीमा परी ९५ जनाको निधन भइसकेको छ। बेपत्ताको संख्या ठूलो रहेको अनुमान छ।
घाइतेको उद्दारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १३ वटा हेलिकप्टर परिचालन भएको सरकारले जनाएको छ। रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा रातिसम्मै उद्धारको क्रम जारी छ।

















