काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सर्वदलीय बैठक बस्ने भएको छ।
भोटेकोशो बाढीपछिको खोज, उद्वार, राहत र पुनःस्थापनालगायतका विषयमा सभापति लामिछानेले सर्वदलीय राजनीतिक परामर्श थालेका हुन्।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजेका लागि बैठक बोलाइको छ।










