बाढीले बगायो पाँच वाणिज्य बैंकको शाखा, नेटवर्क अभावले क्षति मूल्यांकन हुन सकेन



बिजमाण्डू
२०८३ भदौ १० गते ११:३६ | Aug 26, 2026
बाढीले बगायो पाँच वाणिज्य बैंकको शाखा, नेटवर्क अभावले क्षति मूल्यांकन हुन सकेन


काठमाडौं। रसुवा बाढी बजार क्षेत्रमा छिर्दा पाँच वटा बैंकको शाखा बगाएको छ। बैंकरका अनुसार बाढी गएको क्षेत्रमा नेटवर्क अभाव भएकाले सबै कर्मचारीहरूसँग सम्पर्क हुन भने सकेको छैन।

Vigo
GBIME
Tata

कार्यालय समय सुरु हुनुअघि नै बाढी छिरेका कारण मानवीय क्षति नभएको अनुमान बैंकरको छ।

त्यस क्षेत्रमा नबिल, ग्लोबल आइएमई, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका शाखा छन्।

लामो समयपछि बुधबार बैंकर्स संघको बैठक पनि बसेको थियो। त्यहाँ बैंकरहरूले शाखा बगाएको जानकारी गराएका थिए।