काठमाडौं । प्रिमियम इलेक्ट्रिक एसयूभी अवतार ०७ आजदेखि नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो।
अवतार ०७ को इलेक्ट्रिक भेरियन्टमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटक फुल चार्जमा ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ। रियर ह्वील ड्राइभ भेरियन्टमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले ३४३ पीएस पावर तथा ३६५ एनएम टर्क उत्पादन गर्छ।
पर्फमेन्सका हिसाबले अवतार ०७ ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा पूरा गर्न सक्छ। यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा रहेको छ। डिजाइनतर्फ अवतार ०७ लाई फ्युचरिस्टिक र प्रिमियम लुक दिइएको छ। यसमा डिस्क-वीङ फेस, एलईडी स्टार-टुर फ्रन्ट लाइट सिस्टम तथा आकर्षक कुपे-जस्तो एसयूभी डिजाइन दिइएको छ।
जर्मनीको म्युनिखस्थित ग्लोबल डिजाइन सेन्टरबाट यसको डिजाइन विकास गरिएको हो। अवतार ७ को लम्बाइ ४,८२५ एमएम, चौडाइ १,९८० एमएम र उचाइ १,६२० एमएम रहेको छ। यसको ह्वीलबेस २,९४० एमएम छ। सस्पेन्सनतर्फ अगाडि डबल विशबोन र पछाडि इन्डिपेन्डेन्ट मल्टिलिंक सेटअप दिइएको छ।
फिचरतर्फ अवतार ०७ मा ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्टिभिटी, वायरलेस चार्जिङ तथा प्रिमियम इन्टेरियरलगायतका सुविधा उपलब्ध छन्। सुरक्षातर्फ ९ वटा एयरब्याग, एडीएएस, ३६० डिग्री क्यामेरा, ड्राइभर मनिटरिङ सिस्टम तथा विभिन्न एड्भान्स सेफ्टी फिचर दिइएको छ।
एमएडब्लू वृद्धिले अवतार ०७ को मुल्य २ करोड २० लाख र २ करोड ३० लाख तोकेको छ।










