सेयर बजारमा सूचक र कारोबार दुवै ओरालो, नेप्से १०.६७ अंकले घट्दा ४.१६ अर्बको किनबेच



बिजमाण्डू
२०८३ भदौ ५ गते १५:१५ | Aug 21, 2026

काठमाडौं। सेयर बजारमा सूचक र कारोबार रकम दुवै ओरालो लागेको छ। नेप्से परिसूचक शुक्रबार १०.६७ अंकले घटेको छ भने कारोबार रकम पनि बिहीबारको तुलनामा खुम्चिएको छ।

Tata
GBIME

नेप्से सूचक २६१८.७२ अंकमा ओर्लिएको दिन १९८ कम्पनीका लगानीकर्ताको सम्पत्ति घटेको छ। सबैभन्दा धेरै गुमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ।

७० कम्पनीका लगानीकर्ताले कमाएका छन्। सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिजको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ४ अर्ब १६ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो।