डेपुटी गभर्नरबीच जिम्मेवारी वाँडफाँड, पण्डितलाई नियमन, रावललाई सुपरिवेक्षणको जिम्मेवारी



बिजमाण्डू
२०८३ भदौ ४ गते १७:२५ | Aug 20, 2026
डेपुटी गभर्नरबीच जिम्मेवारी वाँडफाँड, पण्डितलाई नियमन, रावललाई सुपरिवेक्षणको जिम्मेवारी


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नयाँ डेपुटी गभर्नर थपिएपछि कार्भार बाँडफाँड गरेका छन्।

Tata
GBIME

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएपछि पौडेलले यसअघि नियुक्त भइसकेका डेपुटी गभर्नर किरण पण्डितसहिको कार्यभार बाँडफाँड गरेका हुन्।

गभर्नरले पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागका साथै बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मा लगाएका छन्।

सँगसँगै संस्थागत योजना तथा जोखिम व्यवस्थापन, वित्त व्यवस्थापन, सूचना प्रविधि, मुद्रा व्यवस्थापन, भुक्तानी प्रणाली र प्रदेशस्थित कार्यालयको जिम्मा दिएका छन्।

नवनियुक्त डेपुटी गभर्नर रावललाई आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभागको जिम्मा दिएका छन्। साथै बैंक सुपरिवेक्षण, वित्तीय संस्था सुपरिवेक्षण, लघुवित्त संस्था सुपरिवेक्षण र गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग पनि जिम्मा दिइएको छ।

यसबाहेक मानव संसाधन व्यवस्थापन विभाग, सम्पति तथा सेवा व्यवस्थापन विभाग र बैंकिङ विभाग पनि अव रावलले हेर्ने छन्।