सेयर बजारमा १३२ कम्पनीको बढ्यो मूल्य, दुई वटामा पोजेटिभ सर्किट, कारोबारमा सुधार



बिजमाण्डू
२०८३ भदौ ४ गते १५:२२ | Aug 20, 2026
सेयर बजारमा १३२ कम्पनीको बढ्यो मूल्य, दुई वटामा पोजेटिभ सर्किट, कारोबारमा सुधार


काठमाडौं। लगातार चार दिन घटेको सेयर बजार बिहीबार बढेको छ। साताको पाँचौं दिन नेप्से परिसूचक ७.१७ अंक उकालो लागेर २६२९.४० विन्दुमा पुगेको हो।

Tata
GBIME

कारोबारमा आएका वाणिज्य बैंक, जलविद्युत, फाइनान्स, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहले बजार बढाएका हुन्।

बजारमा १३२ कम्पनीको सेयरको भाउ बढेको छ। दुई कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। माउन्टेन एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

सूचकसँगै सेयर कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार कारोबार रकम बढेर ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ भएको छ।

नौ वर्षे कृषि ऋणपत्र सबैभन्दा धेरै ५० करोड ६५ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड र सोलु हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर छ। कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ५.९७ प्रतिशतले गुमाएका छन्।