लगानीकर्तामा कन्फिडेन्स घटेपछि सेयर किनबेच ६७.०७% ले ओरालो, साउनमा ९५.३५ अर्बको कारोबार



बिजमाण्डू
२०८३ भदौ ३ गते १६:०२ | Aug 19, 2026
लगानीकर्तामा कन्फिडेन्स घटेपछि सेयर किनबेच ६७.०७% ले ओरालो, साउनमा ९५.३५ अर्बको कारोबार


काठमाडौं। सेयर बजार सुस्ताउँदा किनबेचमा उच्च गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनमा ९५ अर्ब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

Tata
GBIME

यो रकम अघिल्लो वर्ष साउनको तुलनामा ६७.०७ प्रतिशत कम हो। पोहोर साउनमा २ खर्ब ७९ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो।

बजारमा ऋणपत्र बाहेक सबैको कारोबार घटेको छ। साउनमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋणपत्र किनबेच भएको छ।

अन्य समूहको सेयर किनबेच सबैभन्दा धेरै ९० प्रतिशतले घटेको छ। हाइड्रोपावरको सबैभन्दा धेरै ४४ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै वाणिज्य बैंकको ११ अर्ब २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा ठूला लगानीकर्ता सेयर किनबेचका लागि तयार नहुँदा कारोबारसँगै सूचक घटेको छ। नेप्से परिसूचक अहिले २६२२ अंकमा छ। नेप्से संगै कारोबार रकम घट्दा सरकारको आम्दानीमा समेत असर परेको छ। यो वर्ष साउनमा सेयर बजारबाट सरकारले जम्मा ६२ करोड ४९ लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ।

दुई आर्थिक वर्ष साउनको सेयर कारोबार रु दश लाखमा

सूचक२०८३/८४२०८२/८३फरक %
हाइड्रोपावर४४०२०.०७१०६३२७.५-५८.६
वाणिज्य बैंक११२१५.९५२८२००.७४-६०.२३
उत्पादन तथा प्रशोधन१०८०७.३९२१३३४.६१-४९.३४
विकास बैंक६३४३.२८२७४८८.२५-७६.९२
फाइनान्स५१६५.४१८७७४.९७-४१.१३
इन्भेष्टमेन्ट४५३१.७६१४९९९.७२-६९.७९
माइक्रोफाइनान्स३१०२.०९२८२५७.७१-८९.०२
अन्य२५३२.०२२५५४३.६१-९०.०९
होटल तथा पर्यटन२३७३.०९६०७९.५२-६०.९७
जीवन बीमा कम्पनी१८९५.०२१०१४९.१९-८१.३३
डिबेञ्चर्स१३२०.१११७३.८५६५९.३४
निर्जिवन बीमा कम्पनी९९०.०७५८९५.८३-८३.२१
म्युचुअल फण्ड२०४.८४१२४९.२३-८३.६
ट्रेडिङ११६.९७४५६.१७-७४.३६
कुल बारोबार९५३५३.३९२८९५८८.८-६७.०७
स्रोत : नेप्से