भाटभटेनी अब चौबिसै घण्टा सञ्चालनमा, दिनमा व्यस्त हुनेलाई लक्षित गरी खुल्नेछन् तीन स्टोर



प्रवीण रानाभाट
२०८३ भदौ १ गते २३:४९ | Aug 17, 2026
भाटभटेनी अब चौबिसै घण्टा सञ्चालनमा, दिनमा व्यस्त हुनेलाई लक्षित गरी खुल्नेछन् तीन स्टोर


काठमाडौं। भाटभटेनी सुपर स्टोरका निश्चित शाखा अब चौबिसै सञ्चालनमा आउने भएका छन्। पहिलो चरणमा भक्तपुरको राधेराधेमा रहेको स्टोर भदौ १ गते (आज) बाट सञ्चालनमा आएको छ।

Tata
GBIME

काठमाडौंको टंगाल शाखा भदौ २४ बाट सञ्चालनमा आउने र चौबिसै घण्टा सञ्चालन हुनेछ। यस्तै ललितपुरका पाटनमा रहेको स्टोर पनि चौबिसै घण्टा सञ्चालित हुनेछ।  

ग्राहककै माग बमोजिम रात्रिकालीन सेवा पनि सुरु गरिएको कम्पनीले जनाएको छ। दिनभर कामकाजमा व्यस्त हुने वर्गका लागि लक्षित गरेर चौबिसै घण्टा सञ्चालनको योजना अघि बढाइएको हो।

रात्रि सिफ्टमा काम गर्ने कर्मचारीका लागि खाना र खाजाबाहेक अतिरिक्त २५ प्रतिशत भत्ता उपलब्ध गराउने कम्पनीले जनाएको छ।

रात्रिकालीन सेवा सञ्चालनको आवश्यक सुरक्षार्थ कम्पनीले स्थानीय प्रशासन, स्थानीय सरकार र वडा कार्यालयलाई जानकारी गराएको छ।