काठमाडौं। भाटभटेनी सुपर स्टोरका निश्चित शाखा अब चौबिसै सञ्चालनमा आउने भएका छन्। पहिलो चरणमा भक्तपुरको राधेराधेमा रहेको स्टोर भदौ १ गते (आज) बाट सञ्चालनमा आएको छ।
काठमाडौंको टंगाल शाखा भदौ २४ बाट सञ्चालनमा आउने र चौबिसै घण्टा सञ्चालन हुनेछ। यस्तै ललितपुरका पाटनमा रहेको स्टोर पनि चौबिसै घण्टा सञ्चालित हुनेछ।

ग्राहककै माग बमोजिम रात्रिकालीन सेवा पनि सुरु गरिएको कम्पनीले जनाएको छ। दिनभर कामकाजमा व्यस्त हुने वर्गका लागि लक्षित गरेर चौबिसै घण्टा सञ्चालनको योजना अघि बढाइएको हो।
रात्रि सिफ्टमा काम गर्ने कर्मचारीका लागि खाना र खाजाबाहेक अतिरिक्त २५ प्रतिशत भत्ता उपलब्ध गराउने कम्पनीले जनाएको छ।

रात्रिकालीन सेवा सञ्चालनको आवश्यक सुरक्षार्थ कम्पनीले स्थानीय प्रशासन, स्थानीय सरकार र वडा कार्यालयलाई जानकारी गराएको छ।







