प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ?



बिजमाण्डू
२०८३ साउन २९ गते ०७:४७ | Aug 14, 2026
प्राइम बैंकको नाफा बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुग्यो, लाभांश क्षमता कति ?


काठमाडौं। प्राइम बैंकले गत आर्थिक वर्ष ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २८.४४ प्रतिशतले बढी हो।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। प्रोभिजनिङ राइट ब्याकसँगै ब्याज आम्दानी बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब २१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब ९१ करोड रुपैयाँ थियो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ९.१० प्रतिशत देखिन्छ।

बैंकको निक्षेप ३ खर्ब ४२अर्बबाट बढेर ३ खर्ब ४८ अर्ब रुपैयाँ तथा कर्जा २ खर्ब ९ अर्बबाट बढेर २ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा भने बढेकाे छ। अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको खराब कर्जा बढेर ६.६९ प्रतिशत पुगेको छ। बैंकको पुँजीकोष अनुपात १२.८७ प्रतिशत पुगेको छ।

बैंककाे प्रति सेयर आम्दानी १९.६३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १७५.८० रुपैयाँ छ।