सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, ऋणीलाई राहत



बिजमाण्डू
२०८३ साउन २८ गते १८:४६ | Aug 13, 2026
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, ऋणीलाई राहत


काठमाडौं। नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिमा पहिलो संशोधन गरेको छ। परिस्थितिजन्य कारणले किस्ता तिर्न नसकेका ऋणीलाई केही सहज हुने गरी राष्ट्र बैंकले कार्यविधि संशोधन गरेको हो।

Tata
GBIME

राष्ट्र बैंकले संशोधित व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई बिहीबार निर्देशन दिएको छ।

संशोधित कार्यविधिमा ऋणीले परिस्थितिजन्य कारण कुनै एक त्रैमासिकमा कर्जाको किस्ता तिर्न नसके पनि अर्को त्रैमासमा सम्पूर्ण बक्यौता भुक्तानी गरी कर्जा नियमित गरेमा ब्याज अनुदान उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले ऋणीले किस्ता तिर्न नसक्नुको कारण परिस्थितिजन्य रहेको र कर्जाको सदुपयोग भएको यकिन गरेपछि मात्रै ऋणीको ब्याज अनुदान रकम माग गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।