ऋणी, बैंक र गाडी आयातकर्तालाई जोगाउन लोन टू भ्यालु रेसियो आवश्यक : सुवेदी



बिजमाण्डू
२०८३ साउन २८ गते १७:१९ | Aug 13, 2026
ऋणी, बैंक र गाडी आयातकर्तालाई जोगाउन लोन टू भ्यालु रेसियो आवश्यक : सुवेदी
सत्येन्द्र सुवेदी


काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले ऋणी, बैंक र गाडी आयातकर्ता कसैलाई पनि समस्या नहोस् भनेर सवारीसाधनमा लोन टू भ्यालु रेसियो कायम गरेको बताएका छन्।

Tata
GBIME

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले बिहीबार गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’ संवाद कार्यक्रममा उनले जोखिमकै कारण लोन टू भ्यालु रेसियो कायम गरेको बताएका हुन्।

‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ। त्यसैले सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ,’ उनले भने, ‘लोन डिफल्ट हुँदै गएपछि भोली गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने हो। त्यसैले यो आवश्यक छ।’

हाल लोन टु भ्यालु रेसियो इभीमा ८० प्रतिशत र आईसी गाडीमा ६० प्रतिशत छ। उनले अटो कर्जा र हायर पर्चेज कर्जालाई समानरुपमा नबुझ्न आग्रह गरे।

कार्यक्रममा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले कम्पनीले सवारी साधन र घरायसी सामान किन्न कर्जा प्रवाह गर्दै आएको बताए।

समिर ठाकुर

‘हाम्रो लक्षित वर्ग भनेको बैंकसम्म पुग्न नसक्ने ग्राहक हुन्,’ उनले भने, ‘८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदका लागि कर्जा प्रवाह भएको छ।’