स्मार्ट टेलिकम धितो लिलाम बारे नेपाल इन्भेष्टमेन्ट बैंक- कानुनभित्र रहेर गरिएको नियमित काम



बिजमाण्डू
२०८३ साउन २८ गते १४:११ | Aug 13, 2026
स्मार्ट टेलिकम धितो लिलाम बारे नेपाल इन्भेष्टमेन्ट बैंक- कानुनभित्र रहेर गरिएको नियमित काम


काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‍सरकारले दायर गरेको मुद्दाले बैंकिङ कारोबार प्रभावित नभएको भन्दै विज्ञप्ति जारी गरेको छ।

Tata
GBIME

प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिन पनि बैंकले भनेको छ। 

 स्मार्ट टेलिकम प्रालिको ऋण उठाउने क्रममा धितो लिलाम गरेको बिषयलाई जोडेर सरकारले बुधबार मुद्दा दायर गरेको थियो। राष्ट्र बैंकको प्रावधान तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनभित्र रहेर गरिएको लिलामीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आफूखुसी ब्यख्या गरेर सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।