काठमाडौं। भृकुटीमण्डपमा मंगलबार सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ।
आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले एक्स्पोको दोस्रो दिन २६ हजार जनाले एक्स्पो अवलोकन गरेको बताएको छ। उद्घाटनको दिन २९ हजारभन्दा बढीले मेला अवलोकन गरेका थिए। नाइमाले करिब डेढ लाखले एम्स्पो अवलोकन गर्ने अनुमान गरेको छ।
अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन्।
कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरुले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन्।
दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक गरिएको छ। पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए।









