नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?



बिजमाण्डू
२०८३ साउन २७ गते १८:३९ | Aug 12, 2026
नाइमा एक्स्पोमा आधा करोडसम्मका एडभेन्चर बाइक, कुन-कुन ब्राण्डले कति मूल्यका दुई पाङ्ग्रे ल्याए?


काठमाडौं। नाइमा मोबिलिटी एक्स्पोमा करिब आधा करोड रुपैयाँसम्मका मोटरसाइकल प्रर्दशनीमा राखिएको छ। साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा राखिएका दुईपाङ्ग्रेम्धे आधा दर्जन प्रिमियम मोटरसाइकल हुन्।

Tata
GBIME

दुईपांग्रेमा विद्युतीय र पेट्रोल इन्जिन दुबै अप्सनमा उपलब्ध छन्। एक्स्पोमा सबैभन्दा महँगा मोटरसाइकल मोर्बिडेलीका छन्। इटालियन ब्रान्ड मोर्बिडेलीका बाइक नाइमा अध्यक्ष रितु सिंह वैद्यले विक्री गर्छिन्।

टी १००२ भीएक्सको मूल्य ४४ लाख ४९ हजार ९०० रुपैयाँ छ। नेपालमा मोर्बिडेलीका ६ वटा मोडल उपलब्ध रहेकामा सबैभन्दा सस्तो टी २५० को मूल्य ६ लाख १९ हजार ९०० रुपैयाँ छ।

चिनियाँ ब्रान्ड जेटएक्सका प्रिमियम स्पोर्टस् बाइक पनि नाइमा एक्स्पोमा आकर्षण बनेको छ। जेटएक्स ८०० आरआरको मूल्य ३८ लाख रुपैयाँ छ।

जेटएक्सकै मोटो आरआर ५०० को मूल्य १६ लाख ९५ हजार रुपैयाँ राखिएको छ। सोही कम्पनीले नै डर्ट बाइक सीएक्स ३०० बाइक प्रर्दशनीमा राखेको छ। यसको मूल्य ९ लाख ४५ हजार रुपैयाँ छ।

सीएफ मोटोको २५० डिअल बाइकको मूल्य ५ लाख ७४ हजार रुपैयाँ छ।

अल्ट्राभ्वाइलेटका विभिन्न मोडलका बाइक प्रर्दशनीमा राखिएको छ। एक्स्पोमा एक्स ४७ क्रसओभर सार्वजनिक गरिएको छ।

विद्युतीय मोटरसाइकलको सुरुवाती मूल्य ६ लाख ८४ हजार रुपैयाँ छ। यो बाइकले ३२३ किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ।

एक्स्पोमा अर्को प्रिमियम मोटरसाइकलमा स्पोर्टस बाइक कोभ ४५० रेली छ जसको मूल्य १९ लाख ७४ हजार रुपैयाँ राखिएको छ। कोभकै ४५० आरआरको मूल्य १५ लाख ५४ हजार रुपैयाँ तोकिएको छ।

एफक्यूआईएक्स ३०० ले १३० देखि १५० किलोमिटरसम्म रेञ्ज दिने विक्रेता कम्पनीको दाबी छ। कम्पनीका अनुसार एफएक्स विन्डले ८० देखि १०० किमीसम्म रेञ्ज दिन्छ। एनक्यूआईजीटीएसले १३० देखि १५० किलोमिटरसम्म रेञ्ज दिन्छ।

टीभीएसले एनटर्क १५० र टीभीएस अपाचे ३०० सार्वजनिक गरेको छ। आई क्यूब इलेक्ट्रिक स्कुटर पनि प्रर्दशनीमा राखिएको छ।

बिगस् ब्रान्डका स्कुटर पनि एक्स्पोमा छन्। इलेक्ट्रिक स्कुटर बिगसको सी १२ को मूल्य २ लाख ७७ हजार रुपैयाँ छ। बिक्रेता कम्पनीले सी १२ म्याक्स आरको मूल्य ३ लाख २९ हजार रुपैयाँ र म्याक्स प्लसको मूल्य २ लाख ७७ हजार रुपैयाँ तोकेको छ।

नेपाली बजारमा ट्राइम्फको ३५० सीसीको मोटरसाइकल पनि भित्रिएको छ। गोल्छा ग्रुपले मोबिलिटी एक्स्पोबाट स्पिड टी ४ विक्री सुरु गरेको हो। यसको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ।

सदाबाहार लोकप्रिय ब्रान्ड केटीएम र रोयल इन्फिल्डका बिक्रेताले पनि मोटरसाइकल प्रर्दशनीमा राखेका छन्। केटीएमका एडभेन्डर र ड्युक तथा रोयल इन्फिल्डका क्लासिक ३५०, हन्टर ३५०, एडभेन्सर ३५० मोटरसाइकल प्रर्दशनीमा राखिएका हुन्।

गोल्छा ग्रुपले ल्याएको चेतक दुईपांग्रे पनि नेपाली ग्राहकमाझ चर्चित मानिन्छ। नाइमा मोबिलिटी एक्स्पोमा राखिएको २५०१ को मूल्य २ लाख ८१ हजार रुपैयाँ तोकिएको छ।

बैद्य अर्गनाइजेसनले एथरको नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले एथर रिज्टा जेड स्कुटरको नयाँ भेरियन्ट ल्याएको हो। यसको मूल्य ३ लाख ७९ हजार रुपैयाँ तोकिएको छ। यसले एक पटकको चार्जमा १२३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।

एनआईयूले एक्स्पोमा ३ वटा नयाँ विद्युतीय मोडल सार्वजनिक गरेको छ। एफक्यूआईएक्स ३००, एफएक्स विन्ड र एन्क्यीआईजीटीएस सार्वजनिक गरिएको हो।

यसबाहेक याडिया, सुजुकी र होन्डा ब्रान्डका २ पाङ्ग्रे पनि नाइमा एक्स्पोमा अवलोकन गर्न सकिन्छ।