काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) को लोकप्रिय एसयूभी हाभाल जोलियन म्याक्सको नयाँ विद्युतीय संस्करण नेपालमा सार्वजनिक गरिएको छ। जीडब्लूएमको नेपालका लागि अधिकृत आयातकर्ता भीजी इम्पेक्स प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नयाँ जोलियन म्याक्स ईभी सार्वजनिक गरेको हो।
नयाँ जोलियन म्याक्समा ५८.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसले डब्लूएलटीसी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ।
एसयूभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। मोटरले अधिकतम २६० न्युटन मिटर टर्क उत्पादन गर्छ।
जोलियन म्याक्स ईभीको लम्बाइ ४,५९० मिलिमिटर, चौडाइ १,८७७ मिलिमिटर र उचाइ १,६७५ मिलिमिटर रहेको छ। यसमा १८ इन्च र १९ इन्चका एलोय ह्विलको विकल्पसमेत दिइएको छ।
यसमा ६.६ किलोवाट एसी चार्जिङ र डीसी फास्ट चार्जिङको सुविधा उपलब्ध छ।
नयाँ जोलियन म्याक्समा प्रविधि र सुविधालाई समेत प्राथमिकता दिइएको छ। यसमा १४.६ इन्चको रङ्गीन मल्टिमिडिया टचस्क्रिन, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ६ वटा स्पिकर, आवाजबाट नियन्त्रण गर्न सकिने प्रणाली र मोबाइल फोन कनेक्टिभिटी उपलब्ध छन्।

गाडीमा प्यानोरामिक सनरुफ, इलेक्ट्रिक रूपमा समायोजन गर्न सकिने अगाडिका सिट, अगाडिका सिटमा तताउने तथा चिस्याउने सुविधा, हिट पम्प, इलेक्टि्रकल टेलगेटजस्ता सुविधा छन्।
सुरक्षातर्फ पनि जोलियन म्याक्समा विभिन्न आधुनिक प्रणाली दिइएको छ। यसमा क्रुज कन्ट्रोल, लेन असिस्ट वार्निङ, लेन किप असिस्ट, लेन परिवर्तन सहायता, स्वचालित आपत्कालीन ब्रेकिङ, ब्लाइन्ड स्पट निगरानी, अगाडिको राडार तथा चालकको थकान निगरानी प्रणाली उपलब्ध छन्।
त्यस्तै, अगाडिको तथा पछाडिको पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ढोका खोल्दा चेतावनी दिने प्रणाली, पछाडिबाट हुने ठक्करको चेतावनी र स्वचालित आपत्कालीन संकेत प्रणालीजस्ता सुरक्षा सुविधा पनि छन्।
जोलियन म्याक्स ईभीमा अगाडि म्याकफर्सन र पछाडि मल्टिलिंक सस्पेन्सन प्रयोग गरिएको छ। अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ।
यसको मूल्य ५९ लाख ९९ हजार ९९९ राखिएको छ। नाइमा एक्स्पोमा २ लाखसम्मको छुट अफर पाइनेछ।









