राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न एक महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव



बिजमाण्डू
२०८३ साउन २७ गते १०:२७ | Aug 12, 2026
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न एक महिनाका लागि ३० अर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव


काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ।

Tata
GBIME

राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत १ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ।

बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज भदौ ३१ गते भुक्तानी गर्नेछ।

राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।