सेयर बजार घटेर २६४१.०५ अंकमा, ८२ कम्पनीको मूल्य बढ्दा ३ अर्ब ६७ करोडको किनबेच



बिजमाण्डू
२०८३ साउन २५ गते १५:१७ | Aug 10, 2026
सेयर बजार घटेर २६४१.०५ अंकमा, ८२ कम्पनीको मूल्य बढ्दा ३ अर्ब ६७ करोडको किनबेच


काठमाडौं। सेयर बजार घटेको छ। नेप्से परिसूचक सोमबार ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार घटाएका हुन्।

बजारमा १८० कम्पनीको सेयर मूल्य घटेको छ। १४ कम्पनीको मूल्य स्थिर रह्यो। आत्मनिर्भर लघुवित्तको सबैभन्दा धेरै ८.८७ प्रतिशतले सेयर मूल्य घटेको छ।

सेयर कारोबार घटेर ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। बजारमा ८२ कम्पनीको मूल्य बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ८.४७ प्रतिशतले सेयर मूल्य बढेको छ। यस्तै दरमखोला हाइड्रोको ६ प्रतिशतले बढेको छ।

बजारमा सेयर कारोबारमा सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ४६ करोड ३७ लाख रुपैयाँको भएको छ। यस्तै, रिडी पावरको २९ करोड २७ लाख र फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।