नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनालाई डाकियो अन्तर्वार्तामा, को-को?



बिजमाण्डू
२०८३ साउन २१ गते १५:३७ | Aug 6, 2026
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनालाई डाकियो अन्तर्वार्तामा, को-को?


काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनालाई अन्तर्वार्तामा बोलाइएको छ।

Tata
GBIME

कोषको कार्यकारी निर्देशक सिफारिस समितिले अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टलाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा बोलाएको हो।

उनीहरुमध्ये कार्की कोषका पूर्वकार्यकारी निर्देशक हुन्। उनी गत वैशाख तेस्रो साता ल्याइएको अध्यादेशका कारण पदमुक्त भएका थिए। कर्मचारी सञ्चय कोषबाट अवकाश पाएका गौतम एचआईडीसीएलका पूर्वसीइओ हुन्।

यस्तै न्यौपाने र पन्त पूर्वबैंकर हुन्। न्यौपानेले कृषि विकास बैंकको उपमहाप्रबन्धक र पन्तले नेपाल बैंकको डेपुटी सीइओबाट अवकाश पाएका थिए। गौतम, घिमिरे, कार्की र न्यौपानेलाई साउन २५ तथा पन्तलाई २६ गते अन्तर्वार्ताका लागि बोलाइएको छ।