काठमाडौं। सभामुख डीपी अर्यालले अब आइन्दा कालो चस्मा लगाउनेलाई प्रतिनिधि सभाको बैठकमा बस्न नदिने बताएका छन्।
उनले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा आँखामा समस्या भएको अवस्थामा बाहेक कालो चस्मा लगाउनेलाई प्रतिनिधि सभाको बैठकमा बस्न नदिने बताएका हुन्।
सभामुखको यो भनाइ प्रधानमन्त्री बालेन्द्र शाहका हकमा पनि लागू हुनेछ। बालेनले अक्सर कालो चस्मा लगाउने गरेका छन्।
सभामुख अर्यालले लोगो पनि अनिवार्य गर्ने भएका छन्। उनले लोगो नलगाउने सांसदलाई बैठकमा छिर्न नदिने बताए।
उनले बैठक चलिरहेका बेला सांसदहरुलाई बाहिर भित्र गर्न नदिन पनि दलका प्रमुख सचेतक र सचेतकलाई निर्देशन दिएका छन्।

बैठकले संसद्को दुई साताको क्यालेन्डर बनाएको छ। बैठकमा कानुनमन्त्री सोविता गौतमले दसैंअघि संसद्मा १५ विधेयक ल्याउने जानकारी दिएकी थिइन्।








