एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ३८.३२ प्रतिशत



बिजमाण्डू
२०८३ साउन २० गते १०:०९ | Aug 5, 2026
एभरेष्ट बैंकले कमायो ५ अर्ब ६ करोड रुपैयाँ नाफा, लाभांश क्षमता ३८.३२ प्रतिशत


काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७६ प्रतिशत बढी हो।

Tata
GBIME

अघिल्लो आर्थिक वर्ष बैंकले ४ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्ष ब्याज आम्दानीसँगै फि तथा कमिसन बढ्दा बैंकको नाफा बढेको हो। बैंकले ९ अर्ब १९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी ९ अर्ब १० करोड रुपैयाँ थियो।

यस्तै, नेट फि कमिसन १ अर्ब ८७ करोड रुपैयाँबाट बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत वर्ष बैंकले २७ करोड २८ लाख कर्जा नोक्सानी गरेको छ। बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्ष ०।३२ प्रतिशत रहेको खराब कर्जा बढेर ०।३९ प्रतिशत पुगेको छ।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत देखिन्छ। बैंकको करष्ट अफ फण्ड ३।२५ प्रतिशतमा आएको छ।

बैंकको कर्जा २ खर्ब १३ अर्ब बाट बढेर २ खर्ब ३५अकरोड रुपैयाँ पुगेको छ।बैंकको पुँजीकोष अनुपात १३.१७प्रतिशतबाट घटेर १२.२३ प्रतिशत पुगेको छ।