काठमाडौं। सेयर बजार सूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक मंगलबार २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्।
उत्पादन तथा प्रशोधन क्षेत्रको सेयर मूल्य सबैभन्दा धेरै १.१९ प्रतिशतले घटेको छ। २१३ कम्पनीका लगानीकर्ताले गुमाउँदा सप्तकोसी विकास बैंकको सेयर भाउ सबैभन्दा धेरै ११.६७ प्रतिशतले ओरालो लागेको छ।
बजारमा ५९ कम्पनीको सेयर मूल्य बढेको छ। एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। मंगलबार बजारमा ४ अर्ब ७ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
खानीखोला हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सिद्धार्थ बैंकको १६ करोड ७७ लाख र नेसनल हाइड्रोपावर कम्पनीको १६ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ।










