स्वर्णिमले भ्याट कार्यान्वयनका लागि ल्याएको चिठ्ठा कार्यक्रमलाई राष्ट्र बैंकको साथ, पीएसपीलाई दियो यस्तो निर्देशन



बिजमाण्डू
२०८३ साउन १४ गते १९:०१ | Jul 30, 2026
स्वर्णिमले भ्याट कार्यान्वयनका लागि ल्याएको चिठ्ठा कार्यक्रमलाई राष्ट्र बैंकको साथ, पीएसपीलाई दियो यस्तो निर्देशन


काठमाडौं। नेपाल राष्ट्र बैंकले भ्याट कार्यान्वयनका लागि ल्याएको चिठ्ठा कार्यक्रमलाई सहजीकरण गर्ने भएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) मार्फत करदातालाई नोटिफिकेशन पठाउने जनाएको छ।

Tata
GBIME

यसका लागि सबै पीएसपीहरुको मोबाइल एपमा करदाता प्रोत्साहन उपहार कार्यक्रम, करदाताले सोध्न सक्ने सम्भावित प्रश्नहरुको छुट्टै खण्ड समावेश गर्नुपर्नेछ।

साथै, सबै पीएसपीहरुको मोवाइल एपबाट नोटिफिकेसन पठाएर साउन महिनाभित्र करदाता प्रोत्साहन उपहार कार्यक्रम आउने जानकारी गराउनु पर्नेछ।

कार्यक्रममा सहभागिताको लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने भएमा त्यसको नोटिफिकेसन समेत ग्राहकलाई पठाउन भनिएको छ।

बजेटमा हरेक दिन एक जनालाई कर बाहेक १ लाख रुपैयाँ र १५/१५ दिनमा एक/एक जनालाई १०/१० लाख दिने चिठ्ठा कार्यक्रम ल्याउने घोषणा गरेको थियो। यसमा सहभागी हुन ग्राहकले किनमेल गर्दा लिएको सक्कली बिल साथमा राख्नुपर्नेछ।