लगानीयोग्य रकम थुप्रिएपछि कर्जा निरन्तर सस्तिंदै, कुन बैंकको बेसरेट कति?



बिजमाण्डू
२०८३ साउन १४ गते १८:०३ | Jul 30, 2026
लगानीयोग्य रकम थुप्रिएपछि कर्जा निरन्तर सस्तिंदै, कुन बैंकको बेसरेट कति?


काठमाडौं। बैंकहरुमा ऋण थप सस्तिएको छ। लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै लागत कम गर्न निक्षेपको ब्याजदर घटाउँदा बैंकहरुको बेसरेट घटेपछि ऋण थप सस्तिएको हो।

Tata
GBIME

वाणिज्य बैंकहरुले पछिल्लो तीन महिनाको औसत बेसरेटमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। अधिकांश बैंकले बेसरेटमा ०.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गर्छन्।

बेसरेट भन्दा कममा बैंकहरुले ऋण लगानी गर्न पाउँदैनन्। प्रिमियम भने जोखिमका आधारमा कति तय गर्ने बैंकहरुमा निर्भर हुन्छ।

राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा कम ४.१७ प्रतिशतमा झरेको छ। बैंकले बेसरेटमा ०.५० देखि ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेको छ।

एनआइसी एसिया बैंकको बेसरेट ५.९१ प्रतिशत छ। साउन महिनाका लागि बैंकले बेसरेटमा ०.२५ देखि ३ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेको छ।

वाणिज्य बैंक पछिल्लो तीन महिनाको औसत बेसरेट
राष्ट्रिय वाणिज्य ४.१७
स्टान्डर्ड चार्टर्ड४.२१ (परिवर्तन हुन बाँकी)
एभरेष्ट४.३१
नबिल४.४४
नेपाल४.५
नेपाल इन्भेष्टमेन्ट मेगा४.६४
ग्लोबल४.७५
कृषि४.७९
सानिमा४.९२
माछापुच्छ्रे५.०४
सिद्धार्थ५.०५
प्राइम५.०७
प्रभु५.०२
लक्ष्मी सनराइज५.११
एनएमबि५.११
सिटिजन्स५.१२
कुमारी५.१७
नेपाल एसबिआई५.२१
हिमालयन५.३१
एनआइसी एसिया५.९१
स्रोत : बैंकहरु वेबसाइट