काठमाडौं। सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक बिहीबार १६.२९ अंक घटेर २६७२.५८ विन्दुमा आएको छ। कारोबारमा आएका सबै उपसमूह ओह्रालो लाग्दा सूचकसँगै कारोबार रकम पनि घटेको हो।
जलविद्युत उपसमूह सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ। यस्तै, विकास बैंकको सूचक १.१२ प्रतिशतले घटेको छ। सेयर मूल्य घटेका २०६ कम्पनीका लगानीकर्ताले गुमाएका छ्न्।
कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक १२.६८ प्रतिशतले घटेको छ।
बजारमा ५९ कम्पनीको सेयरमूल्य बढेको छ भने ११ कम्पनीको स्थिर रह्यो। बढेकामध्ये एभरेष्ट कलरको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सूचकसँगै बिहीबार कारोबार रकम पनि घटेको छ। बुधबार ४ अर्बको सेयर कारोबार भएकामा बिहीबार घट्दै ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै २४ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, कर्पोरेट विकास बैंकको १५ करोड ३३ लाख रुपैयाँको सेयर किनेबेच भएको छ।










