सेयर बजार ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा, ४ अर्ब ४२ करोडको किनबेच



बिजमाण्डू
२०८३ साउन १२ गते १५:१९ | Jul 28, 2026
सेयर बजार ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा, ४ अर्ब ४२ करोडको किनबेच


काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन ओरालो लागेको छ। नेप्से परिसूचक मंगलबार ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ०.८० अंकले घटेको छ।

बजारमा सेयरमूल्य घटेका १६६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुथेली बुखरी स्मल जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ।

मंगलबार सूचकसँगै सेयर कारोबार रकम घटेको छ। सोमबार बजारमा ६ अर्ब ८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँमा सीमित भएको हो।

सेन्ट्रल फाइनान्सको सबैभन्दा धेरै २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडीपावरको २१ करोड २१ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा ९८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।