नेप्सेको सीइओमा खुल्यो जागिर, अर्थ मन्त्रालयले १५ दिनको म्यादसहित माग्यो आवेदन

बिजमाण्डू
२०८३ साउन १२ गते १०:१६ | Jul 28, 2026
नेप्सेको सीइओमा खुल्यो जागिर, अर्थ मन्त्रालयले १५ दिनको म्यादसहित माग्यो आवेदन


कमाठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा जागिर खुलेको छ। अर्थ मन्त्रालयले मंगलबार सीइओका लागि आवेदन मागेको हो।

Vigo
GBIME
Tata

नेप्सेको सीइओका लागि उम्मेदवारले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्। आवेदनका लागि १५ दिनको म्याद तोकिएको छ।

अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा स्नातकोत्तर हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी गरेकाहरुले आवेदन दिन सक्नेछन्। यस्तै, सीइओका लागि ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको सहित १५ वर्षको अनुभव तोकिएको छ।

आवेदन दिँदा उम्मेदवारले व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। नेप्सेका तत्कालीन सीइओ चुडामणि चापागाइँले राजीनामा दिएपछि मन्त्रालयले नयाँ सीइओ‌ छनोट प्रक्रिया अघि बढाएको हो।

चापागाइँले १५ महिना काम गरेर असार २२ गते राजीनामा दिएका थिए।