सेयर बजार ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा, कारोबार ६ अर्ब ८ करोड ८ लाखको



बिजमाण्डू
२०८३ साउन ११ गते १५:२७ | Jul 27, 2026
सेयर बजार ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा, कारोबार ६ अर्ब ८ करोड ८ लाखको


काठमाडौं। सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक सोमबार ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका बैंकिङ र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। उत्पादन तथा प्रशोधन २.३०, व्यापार २.२३ र होटल तथा पर्यटन उपसमूहको सूचक २.२२ प्रतिशतले घटेको छ।

बजारमा सेयरमूल्य घटेका २३४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १३.३८ प्रतिशतले घटेको छ। यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९.६३ प्रतिशतले घटेको छ।

बजारमा ६ अर्ब ८ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम गत साताको अन्तिम कारोबार दिनका तुलनामा करिब १८ करोड रुपैयाँले मात्रै कम हो। गत शुक्रबार सूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब २६ करोड ७२ लाख थियो। त्यसअघि गत बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार रिलायन्स स्पिनिङ मिल्सको सबैभन्दा धेरै ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर छ। बढेकामध्ये एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।