सडकमा सहकारी पीडित : बचत फिर्ता माग्दै प्रदर्शन, सरकार गम्भीर नभएको आरोप



प्रवीण रानाभाट
२०८३ साउन ११ गते १४:४८ | Jul 27, 2026
सडकमा सहकारी पीडित : बचत फिर्ता माग्दै प्रदर्शन, सरकार गम्भीर नभएको आरोप


काठमाडौं । सहकारी बचतकर्ताहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। चार वर्षदेखि निरन्तर सडक संघर्ष गरिरहेका उनीहरुले आज काठमाडौंमा विरोध र्‍याली निकालेका हुन्।

Tata
GBIME

सरकारले बचत फिर्ताको नाममा भेदभाव कायम गरेको र भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा आज माइतीघरमा भेला भएका उनीहरुले समस्याग्रस्त व्यवस्थापन बुद्धनगरदेखि प्राधिकरणसम्म र्‍याली निकालेका हुन्।