काठमाडौं । सहकारी बचतकर्ताहरुले आज राजधानीमा प्रदर्शन गरेका छन्। चार वर्षदेखि निरन्तर सडक संघर्ष गरिरहेका उनीहरुले आज काठमाडौंमा विरोध र्याली निकालेका हुन्।
सरकारले बचत फिर्ताको नाममा भेदभाव कायम गरेको र भएका सम्झौता पनि कार्यान्वयन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को आयोजनामा आज माइतीघरमा भेला भएका उनीहरुले समस्याग्रस्त व्यवस्थापन बुद्धनगरदेखि प्राधिकरणसम्म र्याली निकालेका हुन्।














