काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ६ महिनाका लागि उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। सोमबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकले साँवा तथा ब्याज माघ ८ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।










