नेप्सेमा ६.२६ अर्बको सेयर कारोबार हुँदा पहिलोमा रिडी पावर, कुमारी बैंकको २८.८१ करोडको किनबेच

बिजमाण्डू
२०८३ साउन ८ गते १५:२० | Jul 24, 2026
नेप्सेमा ६.२६ अर्बको सेयर कारोबार हुँदा पहिलोमा रिडी पावर, कुमारी बैंकको २८.८१ करोडको किनबेच


काठमाडौं। सेयर बजार परिसूचक शुक्रबार ७.९० अंक बढेर २७३४.६३ विन्दुमा पुगेको छ।

Vigo
GBIME
Tata

बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसमूहले बजार बढाएका हुन्।

बजारमा १५२ कम्पनीको सेयर मूल्य बढेको छ। एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

शुक्रबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएकामा शुक्रबार ६ अर्ब २६ करोड ७२ लाख रुपैयाँको किनबेच भएको छ।

बजारमा १०९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कर्पोरेट विकास बैंकको मूल्य सबैभन्दा धेरै ७.३८ प्रतिशतले घटेको छ।

रिडी पावरको सबैभन्दा धेरै ३० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ३४ लाख र कुमारी बैंकको २८ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।